युवक मृत फेला

युवक मृत फेला
कैलाली - गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि ताली...

विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति
तेह्रथुम फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिनुभयो । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगल...

आधुनिक सडक बत्ती जडान गरिँदै

आधुनिक सडक बत्ती जडान गरिँदै
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी ...

पालिका र वडा थप गर्न सिफारिस

पालिका र वडा थप गर्न सिफारिस
म्याग्दी - जिल्ला समन्वय समितिको शुक्रबार सम्पन्न पाँचौँ जिल्लासभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ । रघुग्ङ्गा गाउँपालिकालाई विभाजन गरेर दुई बनाउन, अन्नपूर्ण र धवलागिरि गाउँपालिकामा दुई÷दुई वडा वडा थप गर्न प्रदेश सरकारलाई जानकारी र सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । हाल छ स्थानीय तह रहेको जिल्लामा ४५ वडा छन् । सम्बन्धित पालिकाको गाउँसभाले गरेको निर्णयलाई जिल्लासभाले ...

निगमको साखलाई अझ उँचो बनाउँदै यादव

निगमको साखलाई अझ उँचो बनाउँदै यादव
काठमाडौँ - सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् । त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् । आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन् ।” केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम,...

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी
वीरगञ्ज - हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ । सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउ...

हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना
काठमाडौँ - पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको छैन । हाल...

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र ...

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ
पर्सा -किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेक...

बाँचेर पनि मर्नेहरू, मरेर पनि बाँच्नेहरू

बाँचेर पनि मर्नेहरू, मरेर पनि बाँच्नेहरू
श्रीमती श्रीमान्को माया खोज्ने। श्रीमान् श्रीमती नजिक पर्दै नपर्ने। सुशीला परिवार खोज्ने, पारिवारिक मायामोहमा झुल्न खोज्ने। के मात्र प्रयास गरिनन् सुशीलाले श्रीमान् र छोराछोरीको एक मुठी माया पाउन। परिवारबाट पाउने माया माग्न कहाँ जानू ? दिन, हप्ता, महिना हुँदै वर्ष बिताइन् उनले मायाको बारी हेर्न, बारीमा पिरतीको फूल रोप्न। अहँ, सकिनन्। सम्बन्धकै लागि अनेक सास्ती झेलिन्, आरोपित भइ...