सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन

सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन
काठमाडौं - सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताबीचको आजको बैठकमा समसामायिक राजनीतिको विषयमा छलफल भएको थियो । छलफलका क्रममा सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को मागअनुसार सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन ...

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध
काठमाडौं - सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत...

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले
काठमाडौं - नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ । “सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक ल...

युवाका नीति कार्यान्वयनमा समस्या : युवा सांसद

युवाका नीति कार्यान्वयनमा समस्या : युवा सांसद
काठमाडौँ, २६ साउन - युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताउनुभयो । सांसद प्रदीप पौडेलले कार्यान्वयन नहुने नीति बनाएर त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले...

अन्तर्वार्ताः भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री

अन्तर्वार्ताः भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री
काठमाडौं  वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ । यस्तै नौ लाख बढी नागरिक सवारी चालक अनुमतिपत्रको प्रतीक्षामा छन् । सवारी चालक अनुमतिपत्रको नवीकरणमा पनि उस्तै समस्...

ललिता निवास जग्गा प्रकरण : निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश

ललिता निवास जग्गा प्रकरण : निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । तत्कालीन समायमा सरकारको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले मन्त्र...

रास्वपाको मोबाइल क्लिनिक निरन्तर

रास्वपाको मोबाइल क्लिनिक निरन्तर
चितवन  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ( पुरानो मेडिकल कलेज) ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत रहेको छ । पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार अर्को एम्बुलेन्समा औषधि र चिकित्सकसहित टोलीले सेवा प्रदान गर्न थालेको छ । रास्वपा सभापति लामिछाने चितवन क्षेत्र नं ...

माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- उत्तराधिकारी तयार गरेर जाऔँ

माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- उत्तराधिकारी तयार गरेर जाऔँ
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उहाँले सरकारबाट राम्...

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ – अध्यक्ष ओली

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ – अध्यक्ष ओली
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो । नेकपा (एमाले) को परराष्ट्र ...

केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित

केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित
काठमाडौँ, २० साउन - नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार ...