चितवन  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ( पुरानो मेडिकल कलेज) ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत रहेको छ ।

पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार अर्को एम्बुलेन्समा औषधि र चिकित्सकसहित टोलीले सेवा प्रदान गर्न थालेको छ । रास्वपा सभापति लामिछाने चितवन क्षेत्र नं २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रङगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्यायएको थियो । लगत्तै भारत सरकारले कलेजलाई निःशुल्क उपलब्ध गराएको एम्बुलेन्स दललाई दिएको भनि आलोचना भएपछि गत शुक्रबार रास्वपाले एम्बुलेन्स फिर्ता गरेको थियो ।

जिल्लाको जुगेडी क्षेत्रमा मोबाइल क्लिनिकमार्फत सेवा प्रदान गरिरहेको सिग्देलले बताउनुभयो । उहाँले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै दुई मोबाइल क्लिनिक सञ्चालन गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया