पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको आग्रह

पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको आग्रह
काठमाडौँ - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गर्नुभएको छ । प्रवासी कार्यकर्तासँग आज उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिष्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका हौँ, ती सबैबाट शिक्षा लिएका पनि छौँ ।” उहाँले भे...

राष्ट्रपतिको बङ्गलादेश भ्रमणमा तीन सम्झौता हुन्छ : प्रवक्ता गुरुङ

राष्ट्रपतिको बङ्गलादेश भ्रमणमा तीन सम्झौता हुन्छ : प्रवक्ता गुरुङ
काठमाडौं - राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभएको छ । मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षी...

खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भन्नुभएको छ, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।” पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट ...

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य
भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौ...

एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने
काठमाडौं - नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरे...

प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा

प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा
चितवन - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री...

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित
काठमाडौँ - नेकपा एमाले को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिनुभयो । उहाँले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद...

साथ नदिने सांसदलाई कारबाहीको आधार बनाउँदै ओली

साथ नदिने सांसदलाई कारबाहीको आधार बनाउँदै ओली
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार तयार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका बेला बिहीबार बालुवाटारमा संसदीय दलको बैठक राखेर ओली दलभित्रको आफ्नो कानुनी आधार मजबुत बनाउने उपायतर्फ लागेका हुन्...

प्रतिनिधिसभाको चौथो बैठक बस्दै : शीर्षनेताको शुभकामना मन्तव्य खोइ ?

प्रतिनिधिसभाको चौथो बैठक बस्दै : शीर्षनेताको शुभकामना मन्तव्य खोइ ?
काठमाडौं - निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व गर्ने प्रमुख दलकै शीर्षनेताबीच सरकार र पार्टी सञ्चानका विषयमा उत्पन्न विवादले जनताको सार्वभौम सम्पन्न संस्थासमेत कसरी निष्प्रभावी हुँदोरहेछ भन्ने उदाहरणका रूपमा सदन सञ्चालन र का...

त्रिवेणी खोलाको पुल उद्घाटन

त्रिवेणी खोलाको पुल उद्घाटन
भक्तपुर - विकासले मुहार फेर्दै गरेको सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित पलासे–डोलेश्वर सडकखण्डको त्रिवेणी लामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेतले बिहीबार पुल उद्घाटन गर्नुभयो । सांसदसमेत रहनुभएका बस्नेतको पहलमा आएको रु ८१ लाखको बजेटमा २०७६ फागुनबाट निर्माण शुरु भई हालै सम्पन्न आठ मिटर चौडा उक्त पुल निर्माणसँगै अब यस क्षेत्रमा यातायातका साधन सञ्...