बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उहाँले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताउनुभएकोे हो । उहाँले ...

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रियसभाबाट पारित

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रियसभाबाट पारित
काठमाडौँ - राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । अनुचित लेनदेन ९मिटरब्याज० र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी ...

एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन

एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन
काठमाडौँ  - नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा...

राष्ट्रियसभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

राष्ट्रियसभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल
काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गर्नुभएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि...

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । “यो प्रकरणको निष्पक्ष छानबिनका...

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते
काठमाडौँ  -यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियोे, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित...

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राख्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो ...

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति यादव स्वागत समारोहमा
काठमाडौँ - उपराष्ट्रपति रामसहायप्रसाद यादव अरब गणतन्त्र इजिप्टको ७१औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि इजिप्टका राजदूत नोहा एल्जेब्लीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ पत्रकारसहि...

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल इण्डोनेसिया हुँदै गए राति मलेसिया पुग्नुभएको थियो । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मलेसियाको राजधानी क्वालालम्पुरमा त्यहाँका गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएको सो पार्टीले जनाएको छ । भेटमा नेपाल र मलेसियाबीचको मैत्री सम्बन्ध तथा दुई देशीय सहयो...

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ  - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले्र)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ । आजको बैठकको आकस्मिक समय चलिरहेको बेला सो पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गर्नुभयो । एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए । ...