काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल इण्डोनेसिया हुँदै गए राति मलेसिया पुग्नुभएको थियो ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मलेसियाको राजधानी क्वालालम्पुरमा त्यहाँका गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएको सो पार्टीले जनाएको छ । भेटमा नेपाल र मलेसियाबीचको मैत्री सम्बन्ध तथा दुई देशीय सहयोग र हितका पक्षमा छलफल भएको जनाइएको छ । अध्यक्ष नेपाल सिङ्गापुरको भ्रमण सकेर केही दिनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गत आइतबार अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान गर्नुभएको थियो । उक्त बैठकमा सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित मुलुकका विकास निर्माण तथा शासन प्रणालीमा कम्युनिष्ट पार्टीको अवस्थाबारे अनुभव आदानप्रदान भएको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया