हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

हिमालयन चितुवा अविरलले  जापानमा जिते उपाधि
काठमाडौँ - युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उ...

सावित्रा र अनिता फुटबल खेल्न भारततर्फ

सावित्रा र अनिता फुटबल खेल्न भारततर्फ
काठमाडौँ - नेपाली महिला फुटबल टोलीका सदस्यद्वय सावित्रा भण्डारी र अनिता बस्नेत चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्न आज भारत प्रस्थान गरेका छन् । फरकफरक टोलीमा आवद्ध सावित्रा र अनिताले उक्त लिग दोस्रो पटक खेल्न लागेका हुन् । सावित्राले गोकुलम क्लब तथा अनिताले सेथु एफसीबाट खेल्नुहुनेछ । गत वर्ष भने दुवै जनाले सेथु एफसीबाट खेलेका थिए । सेथु गत वर्षको च्याम्पियन हो । सावित्राले गत वर्ष...

ब्रिगेड र सङ्कटाले अङ्क बाँडे

ब्रिगेड र सङ्कटाले अङ्क बाँडे
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । खेलमा...

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन
काठमाडौँ - सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पु...

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा
काठमाडौँ - त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा तथा एपीएफले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटमा नै हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले जाउलाखेललाई २५–११, २५...

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो । खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गर्नुभयो । क...

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी
पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो । यस्तै अर्को...

बक्सिङ सङ्घमा तण्डुकार

बक्सिङ सङ्घमा तण्डुकार
काठमाडौँ - काठमाडौँ जिल्ला बक्सिङ सङ्घको विशेष साधारणसभाले नवीन तण्डुकारको अध्यक्षतामा आज पाँच सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । सङ्घको उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा किशोर खत्री केसी र सदस्यमा केशव रञ्जितलाई चयन गरिएको छ । साधारणसभामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवम् नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ सङ्घका ...

मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडीलाई कारबाही

मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडीलाई कारबाही
काठमाडौँ - एन्फाको अनुशासन समितिले मनाङविरुद्ध मछिन्द्रको खेल सकिएपछि मुक्का हानाहानमा उत्रिएका ६ खेलाडी कारबाहीमा परेका छन् । मनाङका विंगर जगजित श्रेष्ठलाई ५ र दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई ६ खेल तथा रन्जन विष्टलाई २ खेलमा निलम्बन गरिएको उल्लेख गर्दै एन्फाले मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बनको कारबाही गर्‍यो । दशरथ रंगशालामा सोमबार खेल सकिएलगत्तै ज...

महिला फुटबलः नेपाली टोली बहराइनसँग बराबरी गोलमा

महिला फुटबलः नेपाली टोली बहराइनसँग बराबरी गोलमा
नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि ९यू–१९० महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो ।...