काठमाडौँ – नेपाली महिला फुटबल टोलीका सदस्यद्वय सावित्रा भण्डारी र अनिता बस्नेत चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्न आज भारत प्रस्थान गरेका छन् ।

फरकफरक टोलीमा आवद्ध सावित्रा र अनिताले उक्त लिग दोस्रो पटक खेल्न लागेका हुन् । सावित्राले गोकुलम क्लब तथा अनिताले सेथु एफसीबाट खेल्नुहुनेछ ।

गत वर्ष भने दुवै जनाले सेथु एफसीबाट खेलेका थिए । सेथु गत वर्षको च्याम्पियन हो । सावित्राले गत वर्ष सो लिगमा १५ गोल गर्नुभएको थियो । दुवै जना सशस्त्र प्रहरी बल एपीएफका खेलाडी हुन् । भारतीय महिला लिग माघ २४ गतेदेखि शुरु हुँदैछ । उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया