नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि ९यू–१९० महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् ।

बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेका थिए ।

तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो ।

नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया