काठमाडौँ – एन्फाको अनुशासन समितिले मनाङविरुद्ध मछिन्द्रको खेल सकिएपछि मुक्का हानाहानमा उत्रिएका ६ खेलाडी कारबाहीमा परेका छन् ।

मनाङका विंगर जगजित श्रेष्ठलाई ५ र दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई ६ खेल तथा रन्जन विष्टलाई २ खेलमा निलम्बन गरिएको उल्लेख गर्दै एन्फाले मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बनको कारबाही गर्‍यो ।

दशरथ रंगशालामा सोमबार खेल सकिएलगत्तै जगजितले दीपकलाई कुहिनाले प्रहार गरेपछि झगडा सुरु भएको थियो ।

मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

समितिले दुवै क्लबलाई ५०–५० हजार रुपैयाँसँगै जगजित र अशोकलाई १०–१० हजार जरिवाना गर्ने निर्णय पनि गर्‍यो ।

तपाईको प्रतिक्रिया