बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेको छ । यस्तै, पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भइन् । यद्यपि, ट्रोल हुने सिलसिला प्रियंका भेकेसनबाट फर्किसकेपछि पनि समाप्त भएको छैन । अब एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी छिन् ।

यही पहिरनका कारण सोसल मिडियामा उनी निकै ट्रोल भइरहेकी छिन् । ट्रोलरले उनका यी तस्बिरमा निकै भद्दा कमेन्टको वर्षा गरिरहेका छन् ।

प्रियंका आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्किएकी थिइन् । उनले त्यतिबेला कालो रङको पारदर्शी पहिरन लगाएकी थिइन् । उनको यो पहिरनका कारण उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल भइन् । प्रियंकाको इन्स्टाग्राम फ्यान पेजमा सेयर गरिएको यी तस्बिरमाथि मानिसहरुले निकै भद्दा कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले लेखे, ‘योभन्दा राम्रो त नग्न हिँडेको भए नै हुन्थ्यो ।’

यस्तै अर्का प्रयोगकर्ताले ‘प्रियंकाले सार्वजनिक स्थानमा निकै नाइट ड्रेस लगाएको रु’ भनेर प्रश्नसमेत गरेका छन् ।

यस्तै, एकले ‘प्लाष्टिक सर्जरीको पसल’समेत भन्ने भ्याए । अर्का प्रयोगकर्ताले लेखे, ‘तिमीलाई त्यहाँकै संस्कृती सुहाउँछ, भारत फिर्ता नआउनु ।’

यद्यपि, कतिले प्रियंकाको समर्थन पनि गरेका छन् । एक प्रशंसकले प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो भनेका छन् । यस्तै अर्का प्रशंसकले लेखे, ‘यस्तो तस्बिर खिच्नु क्यामराको गल्ती हो, प्रियंकाको होइन ।’

तपाईको प्रतिक्रिया