शिक्षक अभावमा संयुक्त कक्षा चलाइँदै, शिक्षण सिकाइ प्रभावित
पाँचथर - फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ र ५’, दोस्रोको ढोकामाथि लेखिएको छ ‘कक्षा २ र ३’ । सोमबार दोस्रो कोठामा ११ विद्यार्थीलाई पढाउँदै हुनुहुन्थ्यो शिक्षक चेतन न्यौपाने । “हाम्रो कक्षा २ मा ‘रोग लाग्न नदिऔँ’ भन्ने शीर्षक छ होइन् रु”, कक्षा २ का विद्यार्थीलाई उहाँले सोध्नुभयो । विद्यार...