शिक्षण पेशासँगै उद्घोषणमा जमेका ‘केपी’

शिक्षण पेशासँगै उद्घोषणमा जमेका ‘केपी’
महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ । विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला र प्रभावकारी उद्घोषणकै कारण उहाँको माग सुदूरपश्चिमसँगै भारतमा प्रवा...

चौतारा–काठमाडौँ अब विद्युतीय गाडी

चौतारा–काठमाडौँ अब विद्युतीय गाडी
चौतारा - सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो । चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गर्नुभएको हो । पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार...

कला परिषद्ले भारतमा बृहत् कलाकृति प्रदर्शन गर्दै

कला परिषद्ले भारतमा बृहत् कलाकृति प्रदर्शन गर्दै
काठमाडौँ - नेपाल कला परिषद्ले विश्वमा हुने हालसम्मको सबैभन्दा ठूलो नेपालका आधुनिक कलाकृतिको प्रदर्शन भारतमा गर्न लागेको छ । भारतमा आयोजना हुन गइरहेको जी २० मुलुकहरूको सम्मेलनका अवसरमा यही साउन २२ देखि असोज २० गतेसम्म आयोजना हुने ‘विहार म्युजियम वियनाल २०२३’ अन्तर्राष्ट्रिय कार्यक्रममा परिषद्ले सो प्रदर्शनी गर्न लागेको जनाएको छ । प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिष...

तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह

तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह
अर्घाखाँची - अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् । रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उहाँका बुबा झविरामले बताउनुभयो । सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । विगत ढाई वर्षदेखि रोजगारीको...

भूमिगत पानी उपयोगको नियमन, स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकतामा राखिने

भूमिगत पानी उपयोगको नियमन, स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकतामा राखिने
काठमाडौँ - जलवायु परिवर्तन तथा विविध कारणले बढ्दै गइरहेको खानेपानी समस्याको समाधानका लागि तीनै तहका सरकारबाट भूमिगत पानी उपयोगको नियमन, स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकतामा राखी कार्यान्वयनमा जोड दिइने भएको छ । खानेपानी मन्त्रालयले आज राजधानीमा आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सरसफाइ विषयगत समितिले यस्तो निर्णय गरेको हो । बैठकमा सातै प्रदेशका खानेपानी हेर्ने मन्त्रालयक...

त्रियुगा पुल एक वर्षमा सम्पन्न गरिनेछ : मन्त्री ज्वाला

त्रियुगा पुल एक वर्षमा सम्पन्न गरिनेछ : मन्त्री ज्वाला
काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले आज सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व...

‘रोबोटिक प्रदर्शनी’

‘रोबोटिक प्रदर्शनी’
काठमाडौँ  -एक्काइसौँ शताब्दीका बालबालिकालाई सूचना प्रविधिको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिने उद्देश्यले ‘रोबोटिक प्रदर्शनी’ गरिएको छ । ‘टेक–एक्स २०२३’ को अवसरमा साउन ११ गतेदेखि आजसम्म ‘रोबोटिक’ प्रदर्शनी गरिएको हो । डिल्लीबजारस्थित सफ्ट्वेरिका कलेजले आयोजना गरेको सो ‘टेक–एक्स २०२३’ को टेक–एक्समा मुख्य आकर्षणको केन्द्रविन्दुका रूपमा रोबोटिक प्रदर्शनी रहेको आयोजकले जनाएको छ । स...

पहिरो खस्दा दुईको मृत्यु

पहिरो खस्दा दुईको मृत्यु
रुकुम - रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयक...

लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
भादगाउँ - पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन् । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ । जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै पशुपालन व्यवसाय रहेको छ । नगरभित...

बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
मकवानपुर - बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहर...