भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु
रेसुङ्गा - गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ । आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउ...

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’
बेदकोट - कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका ला...

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु
ब्राजिलिया - रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो । ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आ...

अब बागलुङमै घुम्न पाइन्छ चिया बगान

अब बागलुङमै घुम्न पाइन्छ चिया बगान
गलकोट - पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुकरटिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इल...

सङ्कटमा हुड्केली नाच

सङ्कटमा हुड्केली नाच
खलङ्गा - सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो । सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली ना...

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका उम्मेदवारमध्येबाट भूगोल, जनस...

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ
मध्यविन्दु, १८ साउन - नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो । पछिल्लो दश वर्षक...

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार
रामपुर (पाल्पा), १८ साउन - गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार...

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा
खोटाङ, १८ साउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभयो । नगर उपप्रमुख राईले वडा नं १ दिक्...