फरुवा प्रहार गरी श्रीमान्को हत्या

फरुवा प्रहार गरी श्रीमान्को हत्या
कञ्चनपुर - बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताउनुभयो । “बिहान ५ बजे घटनाबारे जानका...

लगानी कोष र फलेवास नपाबीच सम्झौता

लगानी कोष र फलेवास नपाबीच सम्झौता
काठमाडौं - नगरपालिकाभित्र असङ्गठित क्षेत्रका विपन्न मजदूरको रु ५०० योगदान तथा नगरपालिकाले थप गरेको सोही परिमाणको रकम गरी मासिक रु एक हजारका दरले जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगरप्रमुख पद्यपाणि शर्माले हस्ताक्षर गर्नुभएको छ । यस योजनामा सहभागी करीब ७०० असङ्गठित क्षेत्रका विपन्न...

व्यथा लागेको चौध घण्टापछि उद्धार

व्यथा  लागेको चौध घण्टापछि उद्धार
सिमकोट - हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो । आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकार...

बाँस बिक्रीबाट मनग्य आम्दानी

बाँस बिक्रीबाट मनग्य आम्दानी
विराटनगर - लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आउनुभएका जुगल मण्डलले सो कुराको पुष्टि गर्नुभएको छ । उहाँले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताउनुभयो । बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ । घरायसी कार्यका ल...

घरदैलोमा अण्डा पु¥याउँदै किसान दाना उद्योग

घरदैलोमा अण्डा पु¥याउँदै किसान दाना उद्योग
चितवन - यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पु¥याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु¥याउन थालेको हो । उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । हालसम्म पाँच बिक्री केन्द्...

भलिबलमा भविष्य खोज्दै भण्डारी

भलिबलमा भविष्य खोज्दै भण्डारी
भजनी - भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र हुनुभयो । कम उमेरमा क्षेत्रीय स्तरमा पुग्नुभएका उहाँ सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गर्नुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उहाँ अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थाल्नुभएको छ । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित हुनुभएका उहाँ लाटाभूमुराज युवा क्लबब...

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान
गलकोट - कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७÷७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने...

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा
खलङ्गा - जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार ...

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय
फुङलिङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो । त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर...

नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की

नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की
काभ्रेपलाञ्चोक - काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ जानुभएको नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै...