दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने हुनुभएको छ । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गर्नुभएको छ । पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त हुनुभएको हो । उहाँले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गर्नुभएको छ । ...

कारबाहीमा परी पाँच आतङ्ककारी मारिए

कारबाहीमा परी पाँच आतङ्ककारी मारिए
इस्लामाबाद - पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् । आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको ...

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्र...

एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न सरकारले कानून ल्यायो : मन्त्री अर्याल

एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न सरकारले कानून ल्यायो : मन्त्री अर्याल
काठमाडौं - कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका तथा महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानून निर्माण गरेको बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवादमा मन्त्री अर्यालले विश्वक...

महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ : उपराष्ट्रपति पुन

महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो आँैंल्याउनुभएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिनुभयो । ...

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका ला...

थपिए ८९ सङ्क्रमित

थपिए ८९ सङ्क्रमित
काठमाडौं - देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या द...

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न
विराटनगर - प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा अगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको छ । सातौँ तथा हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको भवन २०७७ ...

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने
कास्की - आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको ...

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट
काठमाडौँ - नेपालको आफ्नै भू–उपग्रह ९स्याटेलाइट० राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट ९सर्टलिस्ट० मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिक...