जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक
काठमाडौं - पूर्वसोभियत सङ्घ र रुसप्रतिको यथार्य भोगाइ मिश्रित सद्भावपूर्ण अभिव्यक्तिको चिनो तथा जनस्तरबाट कुँदिएको मित्रताको प्रतीकका रुपमा ‘सम्झानामा रुस’ कृति सार्वजनिक भएको छ । पूर्वसोभियत सङ्घ र रुसको छात्रवृत्तिबाट विभिन्न विश्वविद्यालय र अध्ययन संस्थानबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली सात स्रष्टाको स्मरण समेटिएको ‘सम्झनामा रुस’ को आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपक...

‘रुढीवादी संस्कार परिवर्तन नभएसम्म जातीय विभेद अन्त्य हुँदैन’

‘रुढीवादी संस्कार परिवर्तन नभएसम्म जातीय विभेद अन्त्य हुँदैन’
मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ग्रामीण भेगभन्दा शहरमा रहने उपल्लो समुदायका व्यक्तिको रुढीवादी संस्कार, चरित्रलाई नयाँ सोच र चिन्तनलाई राजनीतिक ढङ्गबाट परिवर्तन ल्याउन नसके कानूनले मात्रै समाजमा रहेको जातीय छुवाछूत प्रथालाई दीर्घकालीन नियन्त्रण गर्न असम्भव रहेको बताउनुभएको छ । उहाँले समता फाउन्डेशन नेपालद्वारा आज हेटौँडामा आयोजित दलितमैत्री नीति तथा तर्जुमासम्बन्धी गोष्...

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी
बनेपा - करीब दुई महीनादेखि कम्प्युटर शिक्षा लिन थाल्नुभएका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झनु भएको छ । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उहाँँले बताउनुभयो । कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी तामाङले पहिला कम्प्युटर के हो रु कसरी काम गर्छ, भन्ने नै थाहा नपाएकामा अब त्यस बारेमा सामान्य ज्ञान लिन पाएको बताउनुभयो । ‘‘दुर्गम क्षेत्रमा बसेर पनि व...

प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो

प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो
विराटनगर - प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्द...

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा…

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा…
डोटी - जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत रहेका छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा ...

सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द

सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द
दूल्लु - नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब १५०, सोमबार कर...

टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौती

टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौती
भजनी - अछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी हुनुहुन्छ । जति खुशी भीमबहादुरमा छ चिन्ता पनि त्यति नै छ । आफू बस्दै आएको कैलालीको टीकापुर बहुमुखी क्याम्पसको जग्गा खाली गर्नुपर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्छ उहाँ । “आजसम्म जग्गाधनी पुर्जा पाउने आशामा बसियो । नेताहरूले त्यही आश्वासन दिएर कैयौँ पटक चुनाव पनि जि...

व्यावसायिक च्याउखेतीमा युवाहरू

व्यावसायिक च्याउखेतीमा युवाहरू
तम्घास - गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आउनुभएको छ । उहाँ तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहनुभएको छ । पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत रु २० लाखको लगानी गरेर च्याउखेती गर्नुभएको छ । अहिले ...

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता
वीरगञ्ज - छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोड...

डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा
झापा - पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहनुभएको छ । उहाँको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उहाँले रु एक करोड लगानी गरेमध्ये आधाचाहिँ व...