धमाधम कालोपत्रे गरिँदै चरीकोट– जिरी सडकखण्ड
चरीकोट - लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ ।
लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार तथा कालोपत्रको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । सडक निर्माण गर्न लामो समयसम्म...