दश हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप

दश हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप
डोटी - जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियोे । स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फाल्गुन २३ देखि यही चैत १ गतेसम्म सञ्चालन गरेको थियोे । खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अन...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित
नयाँदिल्ली - भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल...

भरतपुर समाचार : दिवा खाजाले विद्यार्थी नियमित

भरतपुर समाचार : दिवा खाजाले विद्यार्थी नियमित
भरतपुर - चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नर्सरीलाई मात्रै नगरपालिकाले खाजाको व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताउनुभयो । दिवा खाजामा महिनाको एक दिन सो विद्य...

कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण
डोटी - खयहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो । सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको शुरुआत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...

दाङमा तीन चरणको खोप अभियान सम्पन्न

दाङमा तीन चरणको खोप अभियान सम्पन्न
देउखुरी - दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६ जनालाई कोरोनाविरुद्ध...

मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण

मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण
नयाँ दिल्ली - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी ह...

४० प्रतिशत महिलामा आङ खस्ने समस्या

४० प्रतिशत महिलामा आङ खस्ने समस्या
दमौली - तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन् । व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन् । आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा, क्यान्सरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृष...

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द
डोटी - जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु व...

भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी

भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी
भरतपुर - चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो । विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताउनुभयो । “...

दलित छात्रवृत्तिका लागि पर्याप्त निवेदन पेश भएन

दलित छात्रवृत्तिका लागि पर्याप्त निवेदन पेश भएन
सिमकोट - कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास अधिकृत रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । दलित समुदायको मानव अधिकारको सम्मान तथा हक, हितको संरक्षण र ...