बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड

बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो । राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्र...

नेकपा बृहत्सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

नेकपा बृहत्सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभर...

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए
काबुल - अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु तीन जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सै...

उपासनाको ‘आशा’

उपासनाको ‘आशा’
काठमाडौं - नायिका तथा मोडल उपासना नेम्बाङको लघु चलचित्र ‘आशा’ सार्वजनिक भएको छ । ‘रातो घर’ सेतो बाघ, लभ इन चाइना बोर्डर, दश गजा, जारी लगायत फिल्ममा साथै तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसेकेकी नेम्बाङलको ‘आशा’ लघुचलचित्र उपासना नेम्बाङ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । प्रकाश निम्बूको निर्देशन रहेको लघु चलचित्रमाा उपासना नेम्बाङ, स्वामी सुवास चन्द्र, सविना केसी...

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप
धनुषा - पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते हुनुभएको छ । नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जबान लालबाबु राय पनि घाइते हुनुभएको छ । झडपका क्रममा प्रहरीले दर्...

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली
पर्वत - प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणको २२०÷१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०÷१३२÷३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नुभयो । ऊर्जा, जलस्रोत तथा स...

आलुले स्थानीय बजार पाएपछि किसान खुशी

आलुले स्थानीय बजार पाएपछि किसान खुशी
दार्चुला - गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आ...

मानसिक रोगका बिरामी बढे

मानसिक रोगका बिरामी बढे
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् । मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो ...

बन्दकर्ता पक्राउ

बन्दकर्ता पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य,...

बन्दको प्रभाव सामान्य

बन्दको प्रभाव सामान्य
डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र...