काठमाडौं – नायिका तथा मोडल उपासना नेम्बाङको लघु चलचित्र ‘आशा’ सार्वजनिक भएको छ ।

‘रातो घर’ सेतो बाघ, लभ इन चाइना बोर्डर, दश गजा, जारी लगायत फिल्ममा साथै तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसेकेकी नेम्बाङलको ‘आशा’ लघुचलचित्र उपासना नेम्बाङ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाश निम्बूको निर्देशन रहेको लघु चलचित्रमाा उपासना नेम्बाङ, स्वामी सुवास चन्द्र, सविना केसी बिष्टको अभिनय रहेको छ । उपासना नेम्बाङ र भावना ऐयरको कथा रहेको लघु चलचित्रमा छायांकन बिबी लिम्बू र पर्शु थलङ लिम्बूले गरेका छन् भने बिबी लिम्बूकै सम्पादन रहेको छ ।

उक्त लघु चलचित्रमा नेपाली समाजमा विद्यामान रहेको पितृसतात्मक रुढीबादी र कुरीतिहरुलाई मूख्य रुपमा उतारेका छन् । संसार देखाउन आमा चाहिने , घर चलाउन र बंश दिन श्रीमति चाहिने, दाजूभाइको दीर्घायूको कामनाका लागि दिदी बहीनी चाहिने, तर पितृसतात्मक समाजलाई सन्तानका रुपमा छोरा नै चाहिने आखिर कहिले सम्म ? जस्ता विषय वस्तुलाई चित्रण गरेका छन् ।

भिडियो…

तपाईको प्रतिक्रिया