उद्योग वाणिज्य सङ्घका अध्यक्षमा पसछे विजयी

उद्योग वाणिज्य सङ्घका अध्यक्षमा पसछे विजयी
बनेपा - काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्नुहुँदै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गर्नुभएको हो । ...

पन्ध्र दिनदेखि दम्पती अझै बेपत्ता

पन्ध्र दिनदेखि दम्पती अझै बेपत्ता
जलेश्वर - ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उहाँहरुको कुन...

‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’

‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’
भजनी - कैलालीको टीकापुर नगरपालिका– १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन् रु कसले मनाउँछन् रु कहिले सकिन्छन् रु उहाँलाई यस्ता दिवसले कहिल्यै छोएको पनि छैन । शिविरको बास, पाँच जनाको परिवारको गुजाराका लागि उहाँ सात वर्षदेखि ‘इलेक्ट्रिक मेकानिक’को काम गर्दै आउनुभएको छ । श्रीमान्बाट काम सिक्नुभएकी उहाँलाई यस्ता दिवसमा जाने फुर्सद पनि छैन । श्रीमान...

‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौँ’

‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौँ’
टीकापुर - संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताउनुभएको छ । उहाँले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गर्नुभयो । एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलाला...

पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ : मुख्यमन्त्री पौडेल

पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ : मुख्यमन्त्री पौडेल
वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गर्नुभयो । “प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैङ्गिक समानता, महिला...

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा अध्यक्ष दाहालको जोड

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभएको छ । एक सय ११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर...

नेतृत्व बढ्यो, उत्पीडन घटेन

नेतृत्व बढ्यो, उत्पीडन घटेन
काठमाडौं - पछिल्लो समय राज्यका निकाय, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिला नेतृत्व र सहभागिता बढेको छ । तर महिलामाथिको हिंसा तथा उत्पीडनका घटनामा कमी भने आएको छैन ।  हाल प्रतिनिधिसभामा ९० र राष्ट्रिय सभामा २२ महिला छन् । २०१५ सालको पहिलो आमनिर्वाचनमा डडेलधुराकी द्वारिकादेवी ठकुरानी एकमात्रै विजयी महिला सांसद थिइन् । मन्त्रिपरिषद्मा हाल चार महिला मन्त्री तथा राज्यमन्त्री छन् । मुलुकको राष्...

रुपामा सप्ताहव्यापी शिविर

रुपामा सप्ताहव्यापी शिविर
गण्डकी - सर्वसाधारणको हितलाई लक्षित गर्दै नेलम्बो नेपालद्वारा कास्कीको रुपा गाउँपालिकामा सप्ताहव्यापी ‘मुख स्वास्थ्य तथा दन्त शिविर’ आयोजना गरिएको छ । आइतबारदेखि शुरु भएको शिविरमा डा रोशन केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्ट स्नेहा खड्का, क्लिनर विजय थापा मगर सहित छ जनाको टोली रहेको छ । शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्घिको अभियान’ नाराका स...

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाउनुभएको छ । उक्त नीतिअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रव...

वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वा...