बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
काठमाडौँ - संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यल...

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार
काठमाडौँ, १४ साउन - नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तय...

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १४ साउन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उहाँले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताउनुभयो । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सु...

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, १३ साउन - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताउनुभयो । वर्तमान सरकारले सुशासनलाई पहिलो सर्...

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
मोरङ  -नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काम चलाउ मुख्यमन्त्रीको रुपमा रहनुभएका थापा नेकां संसदीय दलका नेतासमेत रहनु भएकाले आगामी सात दिनभित्र उहाँको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । नेता कोइरालाले विगतमा ...

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग

जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
काठमाडौँ - विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले जनसङ्ख्याका आधारमा निश्चित प्रतिशत नै तोकेर निर्वाचनमा दलितहरुको उम्मेदवारी सुनिश्चित गर्न माग गर्नुभएको छ । दलित महिला सङ्घ ९फेडो० ले यहाँ आज आयोजित निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामाथि सङ्घीय स्तरमा छलफल कार्यक्रममा सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा राजनीतिक दलले उम्मेदवारी दिँदा सङ्घ र प्रदेशमा दलित समुदायको जनसङ्ख्याका आधारमा नि...

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा
काठमाडौँनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भन्नुभयो, कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरुले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।ू उहाँले कांग्रेस र प्...

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो । उहाँले...

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गर्नुभयो । संयुक्त राष...