कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या

कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या
डोटी - डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो निय...

चिसोले बन्द गरिएका विद्यालय खुले

चिसोले बन्द गरिएका विद्यालय खुले
डोल्पा - हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् । माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन क्रियाकलाप शुरु गरिएक...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राही...

सशस्त्र प्रहरी बलको बिओपी स्थापना

सशस्त्र प्रहरी बलको बिओपी स्थापना
कैलाली- एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन् । बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्...

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ को मृत्यु

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ को मृत्यु
काठमाडौँ - बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ । नुवाकोटको विद...

मह उत्पादन बढ्दा किसान दङ्ग छन्

मह उत्पादन बढ्दा किसान दङ्ग छन्
डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नु परेको छैन ।” उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको पठकले ब...

प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास

प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास
धरान - धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान्यास समेत गर्नुभयो । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । प्रदेश नं १ का जनतालाई सरुवा रोगसम्बन्धी विशिष्टकृत उपचार से...

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु
काठमाडौँ - हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा टसी आङ्जुक लामाले जानकारी दिनुभयो । फोक्सोको र...

किशोरीलाई आइरन र फोलिक एसिड खुवाइँदै

किशोरीलाई आइरन र फोलिक एसिड खुवाइँदै
काठमाडौँ - कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो । टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । विद्यालयस्तरमा आइतबारबाट खुवाउन शुरु भएको छ । रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको ...

चिसोले विद्यालय तीन दिन बन्द

चिसोले विद्यालय तीन दिन बन्द
अत्यधिक चिसो बढेपछि यहाँका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ । महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चाल...