केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी

केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी
कास्की - कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट पक्षले गाउँपालिकामा तालाबन्दी गरेको हो । राजनीतिक सहमति र स्थानीय स्वाय...

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि व्यवसायी देश भ्रमणमा

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि व्यवसायी देश भ्रमणमा
काठमाडौं - कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान०को नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् । कोरोना सङ्क्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’मा भाग ल...

विकराल हुँदै ‘हेपाटाइटिस बी’

विकराल हुँदै ‘हेपाटाइटिस बी’
जाजरकोट - नेपालकै ठूलो जिल्ला डोल्पा १ अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी तीनवटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् । उपल्लो डोल्पाले सबै परिवर्तनहरु टुलुटुलु हेर्दै बसेको छ तर आफ्नो ठाउँको प्रगति र वि...

औद्योगिक ग्राम : तीन वर्षमा पनि जग्गा व्यवस्थापनमै अलमल

औद्योगिक ग्राम : तीन वर्षमा पनि जग्गा व्यवस्थापनमै अलमल
फुङ्लिङ - नेपाल सरकारले प्रत्येक स्थानीय तह एक औद्योगिक ग्रामको घोषणसँगै ताप्लेजुङको स्थानीय तहमा औद्योगिक ग्राम निर्माणका लागि तीन वर्षमा पनि जग्गा व्यवस्थापनमै अलमल भएको छ । नेपाल सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि २०७५ स्वीकृत भई कार्यान्वयनमा छ । पहिलो चरणमा ताप्लेजुङको मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा औद्योगिक ग्राम स...

बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा
बागलुङ - गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर भई हाल हङकङमा रहनुभएका टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँचरपाँच बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको अक्षयक...

नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी
पर्वत - नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो । स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि करिब दुई महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको...

मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ

मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ
काठमाडौं - हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास ...

पत्रकार महासङ्घ हुम्लाको साधरणसभा सम्पन्न

पत्रकार महासङ्घ हुम्लाको साधरणसभा सम्पन्न
सिमकोट - नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको पाँचौँ साधरणसभा मङ्गलबार सम्पन्न भएको छ । पत्रकार शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा भएको सो साधारणसभामा महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थिति थियो । स्वर्गीय जयबहादुर रोकायाले हुम्ला शाखाको स्थापना गर्नुभएको थियो । सो अवसरमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारल...

कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने

कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने
काठमाडौं - काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नुभयो । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र स...

पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण

पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण
चरिकोट - प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो । नगरपालिकालको वडा नं २ को मञ्जुश्री उद्यानदेखि भ्यूटावरसम्म र वडा नं ४ जिलुको वृन्दावनदेखि साहित्य उद्यानसम्म आकर्षक पदमार्ग निर्माणको काम भइरहेको छ । वडा...