नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ
काठमाडौँ - बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर...

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ - पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार...

तीन आकाशे पुल निर्माण गरिँदै

तीन आकाशे पुल निर्माण गरिँदै
काठमाडौँ – विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड ९घाँसचोक० गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प...

सर्लाहीमा साढे छ हजारलाई खोप

सर्लाहीमा साढे छ हजारलाई खोप
काठमाडौँ – सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपङ्क्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिए पनि शनिबार थप एक दिन समय थप...

कोरोना खोप अभियान : पहिलो चरण सकियो

कोरोना खोप अभियान : पहिलो चरण सकियो
काठमाडौँ – पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ...

सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध
काठमाडौँ - त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले वा...

भट्टको हत्यारालाई कारवाही गर्न माग

भट्टको हत्यारालाई कारवाही गर्न माग
काठमाडौँ - नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्...

आश्रितलाई निःशुल्क औषधि

आश्रितलाई निःशुल्क औषधि
काठमाडौ - मानव सेवा आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३०० व्यक्तिलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौँको सामाखुशीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्ने समेतला...

शीतको टहरामा बस्दै बाढीपीडित

शीतको टहरामा बस्दै बाढीपीडित
यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् । गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण...

खैरो हिरोइन सहित दुई पक्राउ

खैरो हिरोइन सहित दुई पक्राउ
काठमाडौँ – बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको साथबाट ल...