प्रजातन्त्र दिवस विशेष : एक कमाण्डरको सम्झना
बागलुङ - काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो । गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उहाँ सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती हुनुहुन्थ्यो ।
त्रिचन्द्र कलेजमा आइएस्सी सकेर थीरबम सैन्य तालिमका लागि भारतको देहरादुन पुग्नुभयो । त्यसताका सरकारले सेनामा आउन चाहने युवालाई छनोट गरेर पढ्न भारत पठाउँथ्यो । थीरबम भने व्यक्तिगत पहल र खर्चमा देहरादुन जानुभय...