नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
बागमती - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउनुभएको छ । रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उहाँले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको...

लेखक उपाध्यायको ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ सार्वजनिक

लेखक उपाध्यायको ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ सार्वजनिक
काठमाडौं - माक्र्सवादी लेखक गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ आज सार्वजनिक भएको छ । जनता सञ्चार गृहले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताद्वय घनश्याम भुसाल र पम्फा भुसालले आज सो पुस्तक सार्वजनिक गर्नुभएको हो । सोही अवसरमा नेकपाका नेता कृष्ण केसीले लेख्नुभएको जनता नामक पुस्तक ...

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुखआयुक्त राई

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुखआयुक्त राई
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाउनुभएको छ । उहाँले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट गर्नुभयो । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा आज पुगेका काठमाडौं महानगरपालिका¬ २९ का स्थानीयवासी, स्थान...

प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद : मुख्य सचेतक भट्टराई

प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद : मुख्य सचेतक भट्टराई
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहनुभएको र आवश्यक पर्दा बहुमतसिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैम...

गर्भपतनको आरोपमा तीन पक्राउ

गर्भपतनको आरोपमा तीन पक्राउ
सप्तरी - सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् । आरोपितमध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप...

अर्बुदरोग पीडितलाई रु १८ लाख उपचार खर्च

अर्बुदरोग पीडितलाई रु १८ लाख उपचार खर्च
बलेवा - अर्बुदरोग (क्यान्सर) बाट पीडित बागलुङको गलकोट नगरपालिका–४ की ४७ वर्षीय दुर्गा सुवेदीलाई विभिन्न सङ्घसंस्थाले रु २० लाख उपचार खर्च सहयोग गरेका छन् । प्रवासमा गठन भएका बिभिन्न सङ्घ संस्थाले सुवेदी बचाऊ अभियान सञ्चालन गरेर सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् । प्रवासमा रहेका नागरिकको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, ख...

लिफ्टबाट पानी वितरण गरिने

लिफ्टबाट पानी वितरण गरिने
चौतारा - खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ । कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो । वैशाखमा उपभोक्...

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट
काठमाडौँ - सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्...

‘दलहरुबीच समझदारी हुन्छ’

‘दलहरुबीच समझदारी हुन्छ’
चितवन - सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरु...

दरबार हाईस्कूललाई चिनियाँ सहयोग

दरबार हाईस्कूललाई चिनियाँ सहयोग
काठमाडौँ - देशको सबैभन्दा पुरानो विद्यालय दरबार हाई स्कूललाई चिनियाँ सरकारले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । विसं २०७२ को भूकम्पबाट भत्केको उक्त विद्यालयको भवनको पुनर्निर्माण पनि चीन सरकारबाट नै भएको हो । चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा यहाँस्थित चिनियाँ राजदूतावासले पोशाक, १० हजार थान मास्क, पाँँच सय लिटर स्यानिटाइजर, एक हजार ५०० कपी, दुई बाकस सन्दर्भ पुस्तक, बास्केट बल, टेबलटे...