शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै
डोटी - डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मु...

साठी करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र

साठी करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र
कञ्चनपुर - भीमदत्त नगरपालिकामा रु ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन् । फोहरम...

नदीले बगाएर मृत्यु

नदीले बगाएर मृत्यु
दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर...

बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति

बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति
म्याग्दी - म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिनुभयो । आकस्मिक, मिर्गौला...

दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ला

दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ला
सिमकोट - हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चास...

महाशिवरात्रिमा सबुज गणद्वारा सल्यानमा चार समूहमा दौड

महाशिवरात्रिमा सबुज गणद्वारा सल्यानमा चार समूहमा दौड
काठमाडौं - महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सल्यान जिल्लामा तैनाथ सबुज गणले बिहीबार पाँच किमी दूरीको दौड प्रतियोगिता आयोजना गरेको छ । चारवटा उमेर समूह महिला र पुरुषका लागि बेग्ला बेग्लैरूपमा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो । नेपाली सेनाका १९ नं बाहिनीपति सहायकरथी मदनकुमार केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार...

एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास
कावासोती - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गर...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
त्रिशूली - नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्कर दिने वा प्र.०२–०१९प ६०७९ नंको मोटरस...

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु
सउल - दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गर्नुभएको हो । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ कर...

सौन्दर्य प्रतियोगिता भदौमा

सौन्दर्य प्रतियोगिता भदौमा
वाग्मती - मकवानपुरको हेटाँैडामा सिजन– ३ सौन्दर्य प्रतियोगिता गरिने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेश प्राली एवं स्पाक्लिगंसिज प्रालीको सहकार्यमा मिस मकवानपुर २०१८ एवं कलिवुड सुपर डान्स एण्ड फिनेशद्वारा आयोजित मिस कलिबुड २०१९ सफल भएपछि दुवै संस्थाको संयुक्त आयोजनामा मिस मकवानपुर सिजन–३ प्रतियोगिता आयोजना गरिने कलिउड सुपरडान्स एण्डफिटनेश प्रालिका सञ्चालक सुजन श्रेष्ठले जानकारी दिनुभयो । आगा...