विधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल

विधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको “देवास राई कृति सङ्गालो” नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गर्नुभयो । संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल...

सरकार समृद्धिको बाटोमा : मुख्यमन्त्री गुरुङ

सरकार समृद्धिको बाटोमा : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद तिलक पाण्डेको सपना पूरा गर्न सरकार समृद्धिको बाटोमा अघि बढेको बताउनु भएको छ । शहिद पाण्डेको स्मृतिमा निर्माण गरिएको सुन्दरबजार–२ परेवाडाँडास्थित मनकामना टोलमा स्मृति प्रवेशद्धारको आज दिउँसो उद्घाटन गर्दै सरकारले विकास, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेपनि त्यस्तो देख्न नसक्नेले सत्ता र कुर्चिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खो...

लोकतन्त्र कांग्रेसको ढुकढुकी : नेता निधि

लोकतन्त्र कांग्रेसको ढुकढुकी : नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र कांग्रेसको प्राण भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिक आज महोत्तरीको जलेश्वरमा अनावरण गर्दै नेता निधिले लोकतन्त्र कांग्रेसको ढुकढुकी भएको बताउनुभएको हो । “अन्य कतिपय दलका लागि लोकतन्त्र रणनीति, कार्यनीतिको विषय होला, तर कांग्रेसका लागि त यो जीवन पद्धति हो”, नेता निधिले भन्नुभयो, “लोकतन्त्रका लागि सहादत गर्ने र...

देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल

देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल
विराटनगर - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताउनुभएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उहाँले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भन्नुभयो । पार्टी एकीकरण भएको तीन वर्ष नपुग...

वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश

वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश
बलेवा - बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको हो । सर्वोच्चले अन्तरीम आदेश जारी गर्न नपर्नुको कारण १५ दिनभित्...

विघटन संविधानमाथि गम्भीर प्रश्न

विघटन संविधानमाथि गम्भीर प्रश्न
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताउनुभएको छ । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताउनुभयो । पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा...

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिनुुभयो । बैठकमा नेता सुुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपा...

‘विवाद निरुपण नगरी दल दर्ता सूूचना आह्वान कसरी हुुन्छ’

‘विवाद निरुपण नगरी दल दर्ता सूूचना आह्वान कसरी हुुन्छ’
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० दाहाल–नेपाल समूूहले पार्टी दुुवै अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहनुुभएकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ । पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज बिहान आयोगमा पुुगी दुवै अध्यक्ष पूूर्व...

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति श्रद्धाञ्जलि

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति  श्रद्धाञ्जलि
गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देशमार्पmत उहाँले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । जहानीयाँ राणाशासनको क्र...

निर्वाचन समाचारः कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक

निर्वाचन समाचारः कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक
कञ्चनपुर- जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो । “माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ...