नवील बैंक लिमीटेडले गत वर्ष झैँ यो वर्ष पनि लगानीकर्ताहरुका लागि बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।

बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंक संचालक समितिको आइतबार बसेको ५२२ औं बैठकले गरेको यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ०१ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि पूँजी बढेर १० अर्ब ९ करोड माथि पुग्नेछ ।

गत वर्ष पनि नवील बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो । निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा राम्रो मुनाफा आर्जन गर्न सफल बैंकका लगानीकर्ता पोहोरकै लाभांश यथावत रहेपछि खुशी हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया