काठमाडौं – बाद्यवादन नरेश प्रजापतिलाई वर्ल्ड  बुक अफ रेकर्डले सम्मान गरेको छ ।

राष्ट्रिय नाँचघर (जमल )मा एक कार्यक्रमका बीच उनलाई सम्‍मान गरिएको हो।
२५/२६ वर्ष लामो साँगीतिक यात्रामा अनबरत लागेका प्रजापतिले एकै चोटी ४१ वटा बाजा बजाएर र्वल्ड बुक अफ रेकर्डले सम्मान गरेको हो ।

सम्‍मान कार्यक्रममा सांगीतिक क्षेत्रको जिउँदो इतिहास भनेर चिनिने रत्‍नशम्सेर थापा, वरिष्ठ साहित्यकार पुरु लम्साल लगायत सांगितक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनएस के फ्युजन ब्याण्डले आफ्नो दमदार सांगितिक प्रस्तुति दिएको थियो।

तपाईको प्रतिक्रिया