काठमाडौँ – चलचित्र बैना बट्टाको गीत ‘तिमि सँग’ सार्बजनिक भएको छ ।

राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गीत तिमी संग ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ ।

गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईको दमदार अभिनय रहेको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् ।

यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो ….

तपाईको प्रतिक्रिया