बलिउडका संजु बाबा अर्थात् संजय दत्तले सोमबार (२९ जुलाई) को आफ्नो ६० औं जन्मदिन मनाए । संजय दत्तले आफ्नो जन्मदिनको अघिल्लो दिन शानदार पार्टी पनि दिए । यो ग्रान्ड पार्टीमा बलिउडको थुप्रै दिग्गज कलाकार पुगे । उक्त पार्टीमा एक यस्ता अभिनेताको पनि उपस्थिती रह्यो जसलाई देखेर मिडियाकर्मी चकित भए । यी अभिनेता एक दशकभन्दा बढी समयदेखि देखिएका थिएनन् । उनलाई सुरुमा चिन्न नै मुश्किल भयो । यी अभिनेताको संजय दत्तसँग विशेष सम्बन्ध पनि छ ।

यी अभिनेता, संजय दत्तकी बहिनी नम्रता दत्तका श्रीमान् हुन् । अर्थात्, अभिनेता कुमार गौरव संजय दत्तका बहिनी ज्वाईं हुन् । सुपरस्टार राजेन्द्र कुमारका छोरा कुमार गौरव लगभग एक दशकभन्दा बढी समयदेखि पर्दाबाट गायब छन् । यस्तै, जब उनी संजय दत्तसँग देखिए तब ५९ वर्षका कुमार गौरवलाई चिन्न निकै मुश्किल भयो ।

बलिउडको कुनै ठूलो कार्यक्रम, अवार्ड शो वा बलिउडका कुनै पनि पार्टीमा कुमार गौरव देखिँदैनन् ।

फिल्मी करियरको कुरा गर्ने हो भने कुमार गौरवले सन् १९८१ मा फिल्म ‘लभ स्टोरी’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो । उनले फिल्म ‘नाम’ मा संजय दत्तसँग पनि काम गरेका थिए । कुमार गौरवको लगातार थुप्रै फिल्म चल्यो तर उनले आफूलाई हिरोको रुपमा स्थापित गर्न सकेनन् । उनको अन्तिम फिल्म ‘बिहड’ सन् २००९ मा रिलिज भएको थियो । उनले टिभी सिरियलमा पनि काम गरेका छन् । कुमार गौरव हलिउड फिल्ममा पनि देखिइसकेका छन् ।

तपाईको प्रतिक्रिया