शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै
अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार क्षेत्र लगभग मासिने अवस्थामा छन् ।
सिमसार पानी र जमीन मिश्रित दलदल भएको र बाह्रैमास पानी नसुक्ने भूमि हो । यस्तो ठाउँमा दलदल अथवा...