दमौली समाचार : खेलकूद प्रवद्र्धन गर्दै स्थानीय तह

दमौली समाचार : खेलकूद प्रवद्र्धन गर्दै स्थानीय तह
दमौली - कोरोना कहर अगाडि खेलकूदका गतिविधि भइरहने तनहुँमा कोरोना कहरका कारण एक वर्ष खेलकूद गतिविधि ठप्प भयो । जब कोरोनाको कहर सामान्य बन्न थाल्यो, पुनः तनहुँमा खेलकूदका गतिविधिले लय लिन थालेको छ । खेलकूदका गतिविधिलाई यहाँका स्थानीय तहले प्रवद्र्धन गर्न थालेका छन् । माघ १६ गते शहीद दिवसका अवसरमा चौथो व्यास नगर अल्ट्राम्याराथन सम्पन्न गरेको व्यास नगरपालिकाले नारी दिवसका अवसरमा यही फागुन २४ गते मह...

च्याउको बीउ बेचेर मासिक रु एक लाख आम्दानी

च्याउको बीउ बेचेर मासिक रु एक लाख आम्दानी
सर्लाही - यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो । पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो । तीन वर्षदेखि व्यावसा...

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
दुल्लू - दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएक...

प्राविधिक शिक्षालय : व्यवस्था फेरियो, अवस्था फेरिएन

प्राविधिक शिक्षालय : व्यवस्था फेरियो, अवस्था फेरिएन
लङ्गा - कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ । विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने ध्येय स्थापना भएको यो शिक्षालय अहिले निकै अव्यवस्थित हुन पुगेको छ । शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसक...

‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ विमोचित

‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ विमोचित
काठमाडौँ - कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । यसअघि राजभण्डारीको ‘पाश्चात्य कला ः संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशन भइसकेको छ । चित्रकार तथा कला अध्यापक राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गर्नुभएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त उहाँ नेपाल सरकारको निश...

व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै

व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै
दमक - झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढी देखिएको हो । दमक उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबीच चालू आर्थिक वर्ष २०७७÷०७८ को आठ महिनाका अवधिमा मात्रै १४० नयाँ व्यावसायिक फार्म दर्ता भएका छन्...

समयमै काम नहुँदा दिनहुँ वडा धाउँदै

समयमै काम नहुँदा दिनहुँ वडा धाउँदै
भजनी - टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आउनुभएको छ । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिनुभयो । उहाँको धेरै ठूलो काम पनि थिएन । सबै प्रक्रिया पूरा भई सिफारिस मात्रै लिनुपर्ने भए पनि तीन दिनदेखि त्यही सिफारिसको पछाडि टेकबहादुृर दौडिरहनुभएको छ । “वडाबाट हुने सबै काम भएको भए पनि सिफारिस पत...

प्रम ओलीले लगाउनुभयो कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु

प्रम ओलीले लगाउनुभयो कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाउनुभएको हो । उहाँले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ । उहाँसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसङ्ख्यामन्...

महलपोखरीमा सामुदायिक घरबास सञ्चालन हुँदै

महलपोखरीमा सामुदायिक घरबास सञ्चालन हुँदै
परासी - ग्रामीण पर्यटन प्रवद्र्धनका लागि नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०को धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावना रहेको महलपोखरी क्षेत्रमा सामुदायिक घरबास(होमस्टे) सञ्चालन गरिने भएको छ । घरवास सञ्चालनका लागि अहिले धमाधम आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । सुनवल नगरपालिका–४ स्थित महाभारत र चुरे पर्वतको सङ्गमस्थलमा पर्ने महलपोखरी समुद्र सतहदेखि एक हजार २३ मिटर उचाइमा पर्दछ । पूर्व–पश...

अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न
वीरगञ्ज - बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, ...