मन्त्रिपरिषद् निर्णय : ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गरिने
काठमाडौं - सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं १) अन्तर्गत विभिन्न चारकिल्लाभित्र पर्ने ५४९ बिघा जग्गालाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जाकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले दाङको पर्वमा लमही घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन,...