राजनीतिक दलहरुले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति डा. यादव

राजनीतिक दलहरुले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति डा. यादव
चितवन - पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । डा. यादवले भन्नुभयो, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उहाँले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गर्नुभयो । उहाँले थप्नुभयो, “म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो ...

जसपाको कार्यकारिणी समिति बैठक स्थगित

जसपाको कार्यकारिणी समिति बैठक स्थगित
काठमाडौं - सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन । ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएको छ । आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारि...

एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
काठमाडौं - नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहनुभएको छ । तामाङले एमालेको संसदीय दल...

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन
जलेश्वर - जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताउनुभयो । उहाँले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखांै रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरकोे आरोप लगाउनु...

नेपाली कांग्रेसका नेता कोइरालाको निधन

नेपाली कांग्रेसका नेता कोइरालाको निधन
विराटनगर - नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग
काठमाडौं - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्नुभएको हो । “कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी...

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छ : अध्यक्ष थापा

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छ : अध्यक्ष थापा
मकवानपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताउनुभएको छ । राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप ब...

दलहरुको आआफ्नै अडान

दलहरुको आआफ्नै अडान
काठमाडौं - विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उहाँको भनाइ छ । नेकपा (एमाले) का...

मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय

मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय
कर्णाली - नेकपा(एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताअघि तत्कालीन एमालेले २०७४...

जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल
काठमाडौं - नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बा...