गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना : रोजगार वृद्धिलाई प्राथमिकता

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना :  रोजगार वृद्धिलाई प्राथमिकता
गण्डकी - गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका छौँ”, आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले भन्नुभयो, “पहिलो चरणमा केही स्थानीय तहका प्रमुखसँग छलफल गरिएको छ...

नेताहरूको जोड वामपन्थी एकतामा

नेताहरूको जोड वामपन्थी एकतामा
कीर्तिपुर - वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन् । पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्...

प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद

प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो । संवाद क्रममा प्रधानमन्त्रीले चिनि...

सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा राई

सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा राई
काठमाडौँ - जनता समाजवादी पार्टी ९जसपा० नेपाल निकट कानून व्यवसायीहरूको छाता सङ्गठन सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित हुनुभएको छ । विक्रम कार्की प्रमुख निर्वाचन अधिकृत, नगेन्द्रकुमार कार्की निर्वाचन अधिकृत र लक्ष्मी सापकोटा निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । काठमाडौँमा सम्पन्न सङ्घको दुई दिने प्रथम राष...

राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणमा आउनुभएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रप...

कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने मन्त्रीद्वारा कार्यप्रगति विवरण पेश

कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने मन्त्रीद्वारा कार्यप्रगति विवरण पेश
काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका मन्त्रीहरूले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गर्नुभएको छ । यही साउन २ गतेदेखि जारी बैठकमा आज अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका त...

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
काठमाडौँ - नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको हो । दिल्ली प्रस्थान गर्नु...

योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन

योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन
कर्णाली - कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ । पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिबार जुम्ला पुग्नभएका उहाँले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न आग्रह समेत गर्नुभयो । उहाँले कार्य...

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा ९माओवादी केन्द्र० र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी ग...

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
काठमाडौँ - संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण,...