सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप

सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप
चितवन - जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्र...

आयुक्त डा. जोशीको राजीनामा

आयुक्त डा. जोशीको राजीनामा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिनुभएको छ । उहाँले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक
दुल्लू - शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्नु हुन्न । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गनुहुन्थ्यो । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भए । सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक...

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य
काठमाडौं - म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सेनाको यो कदम केका लागि ? के निर्वाचित सरकारले सत्ता सञ्चालनमा नागरिक सन्तुष्ट थिएनन् कि यो सैनिक शासकहरूको महत्वाकांक्षाका कारण निम्तिएको परिणाम हो ? विश्व ...

लक्ष्मी र श्री स्टिलले घटाए मूल्य

लक्ष्मी र श्री स्टिलले घटाए मूल्य
काठमाडौं - व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार-चार मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले ग...

पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण

पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण
काठमाडौं - विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण भइरहेको छ । आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिम चरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको रु सात करोड सहयोगमा प्राचीनशैलीको भवन निर्माण अन्तिम चरणमा ...

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र
काठमाडौं - लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । मन्त्री मानन्धरले गत पुस १० गते सो अव...

‘गरीबको नाना, शनिबारको छाना’

‘गरीबको नाना, शनिबारको छाना’
मोरङ - गरीब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक ‘गरीबका लागि नाना, शनिबारको छाना’ भएको छ । प्रत्येक शनिबार बिहानैदेखि लाग्ने खुला हाटमा लत्ताकपडा खरीद गर्ने मानिसको अत्यधिक भीडले सुनसान सो ठाउँ अहिले गुल्जार भएको छ । अत्यधिक चहलपहल एवं भीडले गर्दा त्यस ठाउँमा पसल थाप्ने मानिस पनि अत्यन्त खुशी छन् । शनिबार एक दिन मात्र लाग्ने सो हाट पहिल...

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप
ललितपुर - नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप ल...

१० हजारलाई धनीपुर्जा वितरण गरिने

१० हजारलाई धनीपुर्जा वितरण गरिने
कनकाई - झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा...