पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव
रुकुम - पूर्वको पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते छलफल भएको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा...

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्
दमौली - तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन । सिमलटारस्थित मामाघर बसेर पढ्दै आउनुभएका ईश्वर बेलुका अबेरसम्म घर फर्किनुभएन । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गर्...

धान भण्डारण गृह निर्माण हुँदै

धान भण्डारण गृह निर्माण हुँदै
इलाम - यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो । गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०र५० प्रतिशत खर्चमा बन्ने भवनको कूल लागत रु १२ लाख ३८ हजार हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुन...

आनी याक्थुङवा -२ सार्वजनिक

आनी याक्थुङवा -२ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको आनी याक्थुङवा – २ पालाम सार्वजनिक भएको छ । नया अनलाइनको अफिसमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पालाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गाउनमा साथ दिएका छन् । सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पालामसम्म आएको बता...

थप १६० मा कोरोना पुष्टि

थप १६० मा कोरोना पुष्टि
काठमाडौँ - थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ...

सामाजिक सञ्जालको दुरुपयोग : लोभमा पारेर ठगी

सामाजिक सञ्जालको दुरुपयोग : लोभमा पारेर ठगी
काठमाडौँ - सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौँ रकम गुमाउन पुगेका छन् । म...

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहनुभएकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उहाँको जीव...

हातहतियारसहित दुई जना पक्राउ

हातहतियारसहित दुई जना पक्राउ
रोल्पा - रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताउनुभयो । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको ...

महाकाली नदीमा फसेका मलामीको उद्धार

महाकाली नदीमा फसेका मलामीको उद्धार
कञ्चनपुर - भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको आज उद्धार गरिएको छ । भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्य्त् गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए । नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उ...

वीर अस्पताल निर्माण कार्यलाई तत्काल अगाडि बढाउने अर्थमन्त्रीको निर्देशन

वीर अस्पताल निर्माण कार्यलाई तत्काल अगाडि बढाउने अर्थमन्त्रीको निर्देशन
भक्तपुर- अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा बन्ने वीर अस्पतालको नयाँ भवनका लागि आवश्यक पूर्वाधार तत्काल निर्माण शुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । निर्माणस्थलको आज अर्थमन्त्री पौडेल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावतलगायतको टोलीले अनुगमन एवं निरीक्षण गरेको थियो । मन्त्री पौडेलले विद्युत प्राधिकरणका प्रमुख क...