काठमाडौं – सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको आनी याक्थुङवा – २ पालाम सार्वजनिक भएको छ । नया अनलाइनको अफिसमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।


पालाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गाउनमा साथ दिएका छन् ।

सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पालामसम्म आएको बताए । पहिलो सिक्वेलमा गाउँमा आएको पाहुनासँग धान नाच्ने प्रथालाई प्रकाश पारिएको र दोश्रो सिक्वेलमा टुक्रे बजारलाई संसारलाई बुझाउने प्रयास भएको खापुङको भनाई थियो ।

उक्त पालाममा तेज मेन्याङबो लिम्बूको शब्द रहेको छ भने सुमन लिम्बूले संगीत गरेका हुन् । एरेन्ज अशोक लोहरुङ र मिक्सिङ राजु कार्कीको रहेको छ ।

लोकेन साँवाले निर्देशन गरेको भिडियोलाई छायांकन दुर्गा वान्तावा राई र सम्पादन बिकास दाहालले गरेका हुन् ।

भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, बिमला खजुम, कृष्णराज नेम्बाङ, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बू, भीम सेनेहाङ, रोजिना थेगिम, नैनकला आङ्देम्बे, सीतादेवी फोम्बो, राधिका फोम्बो, पुष्पराज आङ्बुहाङ, रोजिना थेगिम, सुमन लिम्बू, निरन्ता नेम्बाङ र सीताराम लिम्बूको अभिनय रहेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया