महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण– वरिष्ठ नेता पौडेल

महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण– वरिष्ठ नेता पौडेल
बागलुङ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गर्नुभयो । वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्...

ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने : सञ्चारमन्त्री

ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने : सञ्चारमन्त्री
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताउनुभयो । उहाँले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र वि...

शिरोमणि आचार्यको इतिहास स्मरण

शिरोमणि आचार्यको इतिहास स्मरण
काठमाडौँ - शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औँ जन्म जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उहाँको योगदान विषयक विचार गोष्ठी’ का वक्ताले राष्ट्रका विभूतिका रुपमा रहेका इतिहासकार आचार्यको योगदान तथा उहाँका सिर्जनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियक...

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत
दमौली - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहँुको दमौलीमा आयोजित नवाँै वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताउनुभएको हो । उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर...

अलमलमा नलागी फर्कनुहोस् : प्रधानमन्त्री

अलमलमा नलागी फर्कनुहोस् : प्रधानमन्त्री
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको भातृ सङ्गठन अलिख नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई का...

सफलतालाई मिस तामाङ २०२१ को उपाधी (भिडियो सहित)

सफलतालाई मिस तामाङ २०२१ को उपाधी (भिडियो सहित)
काठमाडौं - मम्स ईन्टरनेशनल नेपाल र एम. डी. ग्रुप नेपालको संयुत्त आयोजनामा सम्पन्न भएको मिस तमाङ २०२१ को उपाधी काभ्रेकी सफलता थिङ तामाङले हात पारेकी छन् । राजधानीको ¥याडिसन होटलमा आयोजित ग्राण्ड फिनालेमा २३ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले १३ औँ संस्करणको ताज जितेकी हुन् । सफलताले उपधीसंगै मिस इन्टरलेक्चुअल , मिस मल्टिमिडिया र मोष्ट पपुलर र ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा प...

बेगनास सिँचाइलाई उत्पादनसँग जोड्नुपर्ने

बेगनास सिँचाइलाई उत्पादनसँग जोड्नुपर्ने
गण्डकी - बेगनास जल उपभोक्ता संस्थाको १५ औँ वार्षिक साधारण सभाका अवसरमा बेगनास सिँचाइलाई व्यवस्थित गर्दै उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइएको छ । बेगनास सिँचाइ आयोजनाअन्तर्गत करिब ५८० हेक्टर क्षेत्रफलमा पाँचवटा शाखाबाट वितरित पानी पोखरा महानगरपालिकाका २९, ३०, ३१ र ३२ वडाका विभिन्न क्षेत्रमा किसानले उपभोग गर्दै आएका छन् । पोखरा महानगरपालिकाका विभिन्न वडा क्षेत्रमा सिँचाइ भइरहेको बेगनास सिँचाइलाई ...

‘बजारलाई व्यवस्थित बनाउने प्रयास’

‘बजारलाई व्यवस्थित बनाउने प्रयास’
काठमाडौँ - उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । “दिनमा तीन÷चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बज...

बर्दियामा बाघ आतङ्क : नागरिक सम्साँझैँ घरभित्र बस्न बाध्य

बर्दियामा बाघ आतङ्क : नागरिक  सम्साँझैँ घरभित्र बस्न बाध्य
टीकापुर - बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला...

रसुवामा छ सयलाई परिचयपत्र

रसुवामा छ सयलाई परिचयपत्र
रसुवा - अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य जिल्लामा अगाडि बढेको छ । रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त केन्द्रले जनाएको छ । पछिल्लो आँकलनअनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा करिब एक हजार रहेका छन् । अपाङ्गता भएका नागरिकलाई आ...