काठमाडौं – मम्स ईन्टरनेशनल नेपाल र एम. डी. ग्रुप नेपालको संयुत्त आयोजनामा सम्पन्न भएको मिस तमाङ २०२१ को उपाधी काभ्रेकी सफलता थिङ तामाङले हात पारेकी छन् ।

राजधानीको ¥याडिसन होटलमा आयोजित ग्राण्ड फिनालेमा २३ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले १३ औँ संस्करणको ताज जितेकी हुन् । सफलताले उपधीसंगै मिस इन्टरलेक्चुअल , मिस मल्टिमिडिया र मोष्ट पपुलर र ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा परिन् ।

उनलाई मिस तामाङ २०१९ की बिजेता सरिता लामाले ताज पहि¥याइदिइन् । उनले एक लाख नगद सहित सिल्बर क्राउन र गिफ्ट हेम्पर पाइन् । कार्यक्रमका प्रमुख निर्णायक प्रदिप बम्जनले सोधेको ‘मिस तमाङ भएमा आफ्नो समुदायको लागि महत्वपूर्ण तीन कार्य के – के गर्नुहुन्छ ? र किन गर्नु हुन्छ ? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै सफलताले ताज जितेकी हुन् ।

फष्ट रनरअप पेमा पाख्रिन र सेकेण्ड रनरअप सोनिया वाइबा भएका छन् उनीहरुले क्रमश : पचास हजार र तीस हजार रुपैया र सिल्बर क्राउन पाइन् ।

निर्णायक मण्डलहरुमा संगीकार प्रदिप बम्जन , बर्षा लेखी , डा. छिरिङ योञ्जन र नवाङ मोक्तान रहेका दिए ।


भिडियो…..

तपाईको प्रतिक्रिया