नौ सय खाद्य वस्तुको नमूना परीक्षण

नौ सय खाद्य वस्तुको नमूना परीक्षण
काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महीनाको अवध...

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली
डोटी - पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएका ११ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देख...

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट
भोजपुर - सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ । सुक्खा मौससमा माल...

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द
कास्की - कास्कीको माछापुच्छ«े गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष...

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ
कञ्चनपुर - अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय क...

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै
भरतपुर - चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानस...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
इनरुवा - श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरील...

खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै

खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै
खोटाङ - साकेला गाउँपालिका–३ खिदिमाका बासिन्दाले सामूहिकरूपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आबद्ध किसानले रेन्बो ट्राउटको व्यावसायिक पालन शुरु गरेका हुन् । आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश सरकारअन्तर्गतको मत्स्...

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ का सर्जक श्रेष्ठको निधन

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ का सर्जक श्रेष्ठको निधन
गलेश्वर - म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आउनुभएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर....’ बोलको गीत श्रे...

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या
दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो । अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको रु एक करोड विगत छ महिनादेख...