अठ्ठाइस मुद्दाका ४० पक्राउ

अठ्ठाइस मुद्दाका ४० पक्राउ
चितवन - डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो । ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उह...

होलीमा विशेष सावधानी अपनाउन अनुरोध

होलीमा विशेष सावधानी अपनाउन अनुरोध
काठमाडौं - कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गर...

गोली लागेर एकको मृत्यु

गोली लागेर एकको मृत्यु
दाङ - दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत रा...

कोरोना कहर : राष्ट्रपति रनिङ शिल्ड स्थगित

कोरोना कहर : राष्ट्रपति रनिङ शिल्ड स्थगित
बैतडी - बैतडीका स्थानीय तहमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगन भएको जनाएका छन् । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगन भएको जनाएका हुन् । जिल्लास्तरीय विपद् व्यवस्थापन ...

आइतबारसम्म मौसम स्थिर रहने

आइतबारसम्म मौसम स्थिर रहने
काठमाडौं - शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो । आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भई ह...

आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु
धादिङ - नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिनुभयो । आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार
पोर्चुगल - नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन हुनुभएको छ । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य रहेका छन् । निर्वाचनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्...

कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द

कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द
डोटी - भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् । भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रह...

वडाध्यक्षको मृत्यु

वडाध्यक्षको मृत्यु
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । “घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला ...

डढेलोले वन सखाप : बस्ती पनि असुरक्षित

डढेलोले वन सखाप : बस्ती पनि असुरक्षित
महोत्तरी - चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो । बर्दिवास र गौशाला नगरप...