पुर्व मन्त्री कृपासुर शेर्पाले पत्रकार माथी दुव्र्यवहारको प्रयास

पुर्व मन्त्री कृपासुर शेर्पाले पत्रकार माथी दुव्र्यवहारको प्रयास
नेपाल शेर्पा संघको छैठौं महाधिवेशन बन्द सत्र तथा निर्वाचन मण्डलको अध्यक्षता गरिरहेका पुर्व सांस्कृतिक तथा पर्यटन मन्त्री कृपासुर शेर्पाले पत्रकार माथि दुव्र्यवहारको प्रयास गरेको छ । बन्द सत्र चलिरहदा केही विवाद भए पछि पत्रकारले भिडियो खिच्न खोज्दा क्यामेरा खोस्ने प्रयास गरिएको थियो । उक्त कार्यक्रममा निर्वाचन मण्डलले घोषणा गरेको नयाँ कार्य समितिको विषयमा भातृ संघठनहरुले आपत्ती जनाएपछि निर...

राजा वीरेन्द्रको निवास हेर्न पाइने

राजा वीरेन्द्रको निवास हेर्न पाइने
काठमान्डौं - राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग...

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित
अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थ...

कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले लिइन् सपथ

कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले लिइन् सपथ
कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् । १४ मंसिरमा भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । सपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छन् । उनले भनिन् - ‘पाँच वर्षक...

जित जोगाउने दाउमा नेकपा, कहाँ कस्तो छ अवस्था ?

जित जोगाउने दाउमा नेकपा, कहाँ कस्तो छ अवस्था ?
काठमाडौं - नेकपाले विगतमा आफूले जितेका स्थानमा उपनिर्वाचन ‘जसरी पनि’ जित्ने रणनीति लिएको छ। यहीअनुसार निर्वाचन रणनीति बनाई परिचालन हुन नेकपाले पार्टी पंक्तिलाई निर्देश गरेको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी २ कात्तिकमा विशेष परिपत्र–५ पठाएका थिए। ‘हिजो विजयी बनेका स्थानहरूमा पार्टीलाई पुनः विजयी बनाउने र नयाँ ठाउँहरूमा पनि पार्टीको जित सुनिश्चित गर्दै पार्टीप्रतिक...

सरकार हिं सात्मक गतिविधि रोक्न सफल भयो : गृहमन्त्री थापा

सरकार हिं सात्मक गतिविधि रोक्न सफल भयो : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नंं. ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसक...

प्रदेश प्रमुखहरू पदमुक्त गर्नु अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण : साझा पार्टी

प्रदेश प्रमुखहरू पदमुक्त गर्नु अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण : साझा पार्टी
काठमाडौँ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ। पार्टीले सरकारको पछिल्लो कदमलाई अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको टिप्पणी समेत गरेको छ । ‘पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली काँग्रेसको सरकारले नियुक्त ग...

ढकाललाई उम्मेदवार बनाएको भन्दै भक्तपुरमा विरोध, पार्टी कार्यालयमा तालाबन्दी

ढकाललाई उम्मेदवार बनाएको भन्दै भक्तपुरमा विरोध, पार्टी कार्यालयमा तालाबन्दी
भक्तपुर । भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) मा उम्मेदवारीको विषयमा नेकपाभित्र विवाद देखिएको छ ।  नेकपा सचिवालय बैठकले आइतबार देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णयसँगै विवाद देखिएको हो ।  निर्णयको विरोधमा सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै विवाद सतहमा आएको हो ।  असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले केही...

बन्द इजलाशमा महराले दिए यस्तो बयान

बन्द इजलाशमा महराले दिए यस्तो बयान
काठमाडौँ - संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराले अदालतमा शाहीको कोठामा आफू नगएको बयान दिएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेका हुन् । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान चलिरहेको छ । इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग...

मोदीसँग आँखामा आँखा जुधाएर कुरा गरेको छु : प्रचण्ड

मोदीसँग आँखामा आँखा जुधाएर कुरा गरेको छु : प्रचण्ड
काठमाडौं,१३ कार्तिक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध मधेसी जनताहरु जाग्नुपर्ने बताएका छन्। छठ पर्वका अवसरमा बुधबार महोत्तरीको पिपरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचन भ्रष्टाचारविरुद्ध मत जाहेर गर्ने अवसर भएको उल्लेख समेत गरे। ‘मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकामा अध्यक्...