हमालको नियुक्ति संविधानवादमाथि हमला

हमालको नियुक्ति संविधानवादमाथि हमला
प्रधानन्यायाधीशलाई कोटा किन चाहिएको हो ? अहिले मिलेमतोमा भएको भनिएको यो काम लोकतन्त्रकै लागि खतरनाक छ । – अनुपराज शर्मा, पूर्वप्रधानन्यायाधीशसंसद् बाहिरको व्यक्तिलाई मन्त्री बनाउन सकिने व्यवस्था छ तर उहाँलाई नल्याई नहुने कारण के परेको हो देखाउनुपर्‍यो । – गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर राजनीतिक...

दलगत भागबन्डापछि गुटगत गलफती

दलगत भागबन्डापछि गुटगत गलफती
काठमाडौं - सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष...

देउवा–पौडेल टक्कर पालिकाबाटै

देउवा–पौडेल टक्कर पालिकाबाटै
काठमाडौं - प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ। ६४ जिल्लामा पार्टीका गाउँ/नगरपालिका अधिवेशन भइरहेका छन्। ती जिल्लामा भएका वडा र गाउँ÷नगरसमितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन।&...

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशनलाई  व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको सो महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ। त्यसरी गठन गरिएका कमिटीहरुमध्ये अध्यक्ष मण्डल कमिटीको अध्यक्षमा केप...

बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’

बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’
काठमाडौं - बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ । जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी होहल्ला भएको र प्राधिकरणको हवाई सेफ्टी टिमले छानबिन गरिरहेकाले दुवैलाई थप दुई दिन उडान भर्न नदिने निर्णय भएको हो ।  जहाज इन्सिडेन्टमा परेयता सोमबारदेखि दुवैजनालाई उडान भर्न दिइएको छैन । पाइलट शेर...

जसको धैर्यता र चलाखीले ठूलो दुर्घटना टर्‍यो, पाइलट शेर्पा भन्छन् – यस्तो कहिल्यै भएको थिएन

जसको धैर्यता र चलाखीले ठूलो दुर्घटना टर्‍यो, पाइलट शेर्पा भन्छन् – यस्तो कहिल्यै भएको थिएन
काठमाडौं - क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो । बुद्ध एयरको स्थापना कालदेखि नै उनी आबद्ध छन्। अनुभवका हिसाबले उनी निकै खारिएका पाइलट हुन्। हरेक दिन, हरेक घण्टाको उडान उनलाई निकै सहज र सामान्य लाग्छ । पाइलटको लागि उडान भर्नु ठूलो कुरा पनि भएन । २४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौँ यात्रुहरूलाई गन्तव्यमा पुर्‍याए। तर सोमबार उनले सोचेका थिएनन्, जहाजमा रहेका ७७ जना यात्रुलाई मैल...

पहिले धोबी खोला, अहिले अनामनगर

पहिले धोबी खोला, अहिले अनामनगर
काठमाडौं - सिंहदरबारको पूर्वी क्षेत्र पहिले धोबी खोलाले ढाकेको थियो। धार परिवर्तनसँगै त्यो ठाउँ स्थानीयले ओगट्दै गए। बिस्तारै बस्ती बस्यो। नाम थिएन, अनामनगर भयो। अहिले घरै घर ठडिएका छन्। खाली जग्गै पाइँदैन। खोला धकेल्दै–धकेल्दै लगेर पूर्वतिर कुनामा १४ मिटरमा खुम्चिएको छ। २०२१ सालको नापीले अहिले खोला भएको क्षेत्रलाई बगर देखाउँछ। नापी कार्यालय डिल्लीबजारको रेकर्डमा खोलाको चौडाइ अधिकतम ३३ मिट...

शिक्षक जो पार्टीका झन्डा समाउँछन्

शिक्षक जो पार्टीका झन्डा समाउँछन्
ओखलढुंगा - चिशंखुगढी गाउँपालिका–७ सोलाघर आधारभूत विद्यालयका शिक्षक सन्तोष दाहाल दुई साताअघि मोलुङ गापा–५, प्राप्चाबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए । आफूलाई निर्वाचित गराउने सम्पूर्ण क्रियाशील सदस्यलाई धन्यवाद दिँदै उनले निर्वाचित भएको प्रमाणपत्रसहित फेसबुकमा पोस्ट गरे । सन्तोषको सोही पोस्ट सेयर गर्दै स्थानीय भुमरी लामाले शिक्षक भएर राजनीतिमा लागेको बारेमा स्टाटस नै ...

सञ्चालनमा नआउँदै नेपाली रेलको ‘वारेन्टी’ सकियो

सञ्चालनमा नआउँदै नेपाली रेलको ‘वारेन्टी’ सकियो
जनकपुरधाम - नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिनुभयो । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग ...

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास
काठमाडौं - नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।  शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए।   नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समि...