ओलीलाई धक्कै धक्का

ओलीलाई धक्कै धक्का
काठमाडौं - टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का लागेको छ । सर्वोच्चले ओलीको शक्ति खलबलिने गरी नागरिकता अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका चार सांसद...

कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान
काठमाडौं - नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् । कोरोना बाहनामा ‘अब महाधिव...

ओली सरकारमा महासेठ दम्पतीको ‘रोटेसन’

ओली सरकारमा महासेठ दम्पतीको ‘रोटेसन’
काठमाडौं - केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् ।  ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँद...

जसपा विवाद : आयोगले भन्यो- ‘दुवै पक्षको पत्र मिलेन’

जसपा विवाद : आयोगले भन्यो- ‘दुवै पक्षको पत्र मिलेन’
काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवाद र त्यसपछि आयोगमा आएको एकअर्कामाथिको कारबाही पत्र विषयमा मुख खोलेको छ । आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्का समूहमाथि कारबाही गरेर पठाएको ‘पत्र विवरण नमिलेको’ भन्दै बुधबार ‘अनूसूची १८ बमोजिमको ढाँचामा विवरण मिलाएर पत्र पठाउन’ भनेको छ । एकले अर्को समूहमाथि कारबाही माग गर्दै पत्र दिएपछि आयोगले दुवै अध्यक्षले प...

अडान र नैतिकताले अब नयाँ इजलास

अडान र नैतिकताले अब नयाँ इजलास
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदा प्रश्न उठाइएका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने निर्णय गरेपछि नयाँ संवैधानिक इजलास गठन हुने भएको छ। केसी र श्रेष्ठको निर्णयसँगै न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा इजलासमा नबस्ने घोषणा गरेका छन्। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेपछि नयाँ इजलास ...

बजेटमा किन राखिएन चुनावी खर्च ?

बजेटमा किन राखिएन चुनावी खर्च ?
काठमाडौं - सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक नभए पनि निर्वाचन आयोगका लागि भनेर विगतमा झैं ५५ करोड ४४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको मात्र उल्लेख गरिएको छ । तर, आयव्ययको पू...

अन्तरिम आदेश अस्वीकार

अन्तरिम आदेश अस्वीकार
काठमाडौं - सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकारसहित प्रतिनिधि सभा विघटनविरुद्ध परेको १९ रिट संवैधानिक इजलास पठाउने आदेश दिएको छ । सो इजलासमा ११ रिट दर्ता भइसकेका छन् । संवैधानिक इजलासमा आज शुक्रबार ३० रिट सुनुवाइ हु...

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं – माधव नेपाल

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं – माधव नेपाल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग गरिएको कुराकानी : एम...

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद
काठमाडौं - केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर...

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार
झापा - नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।  आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो ।  सास फेर्न समस्या देखिए सकभर...