टी–ट्‍वान्टी विश्वकपमा खेल्ने सपना बोकेर नेपाल आज युईएसँग भिड्दै

टी–ट्‍वान्टी विश्वकपमा खेल्ने सपना बोकेर नेपाल आज युईएसँग  भिड्दै
काठमाडौं - नेपाल आईसीसी पुरुष टी–ट्‍वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आज आफू भन्दा बलियो टिम युएईसँग प्रतिस्पर्धा गर्दैछ । २०१४ पछि पहिलोपटक टी-ट्‍वान्टी विश्वकपमा लक्ष्यका साथ युएईविरुद्ध नेपाल मैदानमा उत्रदैछ । नेपाल समूह बी को विजेताको रुपमा र युएई समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेलिने आजको खेल नेपाल समय अनुसार ३....

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथि रियल म्याड्रिडलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को झट्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा पीएसजी दबाबम...

मोरिससविरुद्ध नेपालको सानदार जित

मोरिससविरुद्ध नेपालको सानदार जित
काठमाडौं – विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे। २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष रा...

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
काठमाडौं - नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ ले हरायो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो । नेपालले लिग ...

म्याराथन दौडको उपाधि सुमन र अनितालाई

म्याराथन दौडको उपाधि सुमन र अनितालाई
काठमाडौं - शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको खुला हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फको उपाधि सु्मन कुलुङ र महिलातर्फको उपाधि अनिता राइले हात पारेका छन् । गोकर्णेश्वर नगरपालिका– ४ स्थित राष्ट्रिय शाहिद तथा निजामती पार्कमा आयोजना गरेको २१ कि.मि. हाफ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका सुमन कुलङ र भोजपुरकी अनिता राईले जितेका हुन्। कुलुङले १ घण्टा ११ मिनेट ...

नेपालको एसियन कप खेल्ने सपना अधुरै

नेपालको एसियन कप खेल्ने सपना अधुरै
काठमाडौं - हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो । उज्बेकिस...

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै
काठमाडौं - उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत आज (मंगलबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार खेल अपराह्न पौने ४ बजे उज्बेकिस्तानको जेएआर मैदानमा शुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायमै राख्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यसो त समूह ‘एफ’ मा रहेको नेपालले छनोटका लागि आजको खेल जितेर मात्रै पुग्दैन, फिलिपिन्स र हङकङबीचको खेलमा सम...

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना
 स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो। खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्का...

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए । ...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरीमा टुङ्गियो

नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरीमा टुङ्गियो
काठमाडौं - नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा भारतीय खेलाडी सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा लगेका थिए । खेल साँझ ५ः३० बजे ...